FAQs Complain Problems

गंगादेव गाउँपालिकाकाे परिचय

संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगादेव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद  गंगा र देव को नाम बाट यो गाउँपालिकाको  नामाकरण  गरिएको हो । यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम  देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ ।  साबिकका चारवटा गाबिस  ( ओत, जिनावाङ, पाखानी, राँक ) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि.  र जनसंख्या   २०००९ रहेको छ । साविकका ४ वटा गाँउ विकास समितिहरु मिलाइएर वनेको यस गंगादेव गाँउपालिकाको सिमाना पूर्वमा माडी, परिवर्तन गाउँपालिका, पश्चिममा सल्यान बागचौर न.पा छत्रेश्वरी उतरमा रुकुम त्रिवेणी गाउँपालिका,दक्षिणमा त्रिवेणी माडी,गाउँपालिका रहेका छन ।

हावापानी 
समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २००० मिटर सम्मको भौगोलिक
 उचाईमा अवस्थित यस गंगा देव गाँउपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । 
२.२ भौगोलिक परिचय     
भौगोलिक विभाजनअनुसार गंगादेव गाउँपालिका नेपालको रोल्पा जिल्लाको पश्चिम उत्तर भागमा रहेको मध्यमस्तरको आबादी भएको गाउँपालिका हो । यसको कूल क्षेत्रफल १२४.३८ वर्ग किलो मिटर रहेको छ । यो गाउँपालिका भौगोलिक हिसाबले पहाडी भेगमा पर्दछ । । यहाँको हावापानी समशीतोष्ण खालको रहेको छ । भौगोलिक एवम् प्राकृतिक विविधतायुक्त यस गाउँपालिका क्षेत्रले ऐतिहासिक महŒव पनि राख्दछ । पर्यटकीय हिसाबले पनि यो गाउँ अत्यन्तै सुन्दर एवम् मनमोहक देखिन्छ । 
वि.सं.२०७३ सालमा रोल्पा जिल्लाको पश्चिम उत्तर भागमा पर्ने ४ वटा ओत, जिनावाङ, पाखानी, राँक समेतलाई मिलाएर अहिलेको गंगा देव गाउँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ७ वटा वडामा विभाजन गरिएको छ ।

यस गाउपालिकाको भौगोलिक अवस्थिति समुद्र सतहबाट ९००(२००० मि. उचाइँमा रहेको छ भने २८º ४१ु ०३ू उत्तरी अक्षांश र ८०º५६ु ४३ू पूर्वी देशान्तरसम्म फैलिएको छ । गाउपालिकाको अधिकतम तापक्रम जेठ(असारतिर ३८.२ देखि ३१.२ डिग्री सेन्टिग्रेटसम्म र पौष(माघतिर न्यूनतम २.२ देखि अधिकतम २६.४ डिग्री सेन्टिग्रेटसम्म रहेको पाइन्छ । यहाँको औसत वर्षा १८४० मि.मि.सम्म भएको देखिन्छ

जन प्रतिनिधि