FAQs Complain Problems

योजना भुक्तानि गर्दा अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरुः

1. उपभोक्ता समितिको निवेदन ।

2. सार्वजनिक परिक्षण फारम ।

3. मेसिन औजार उपकरण र निर्माण सामाग्री सिमेन्ट, पाइप, छड लगाएतका सामाग्री प्रयोगको भ्याट विल ।

4. आयोजना स्थलमा आयोजना सूचना पाटि टाँसेको फोटो र आयोजना स्थलको निर्माण कार्य सम्पन्न भएको फोटो ।

5. उपभोक्ता समिति र अनुगमन समितिको कार्य सम्पन्न भएकोले भुक्तानि माग्ने निर्णय ।

6. सम्पन्न भएको कामको मुल्याङ्कण उपभोक्ता समितिलाई भुक्तानि दिने अन्तिम विल र नापि किताव ।

7. वडा कार्यालयको निर्णय कार्य सम्पन्न भएको सीफारिस ।

8. उपभोक्ता समितिले पेश गरेका सबै कागजातहरुमा उपभोक्ता समितिको छाप र अध्यक्षले प्रमाणित गर्ने ।

9. योजनाको रनिङ विल र कार्य सम्पन्न विलमा उपभोक्ता समितिको अध्यक्षको सहि तथा छाप गर्ने ।

10. डोजर तथा मेसीन उपकरण प्रयोग भएको भए उपभोक्ता समिति र डोजर तथा मेसिन उपकरण धनि विच सम्झौता भएको सम्झौता पत्र ।

11. डोजर तथा मेसीन उपकरण प्रयोग भएमा डोजर अपरेटरको लाइसेन्स, डोजर तथा उपकरणको दर्ता प्रमाणपत्र ।

12. डोजर कम्पनि तथा निर्माण कम्पनि कर कार्यालयमा दर्ता भएको प्रमाणपत्र र आ.व. 2073/74 को कर चुक्ता भयको प्रमाणपत्र ।

13. लागत अनुमान कार्य सम्पन्न प्रतिवेदन र जिल्ला दर रेट बमोजिम भुक्तानि दर परिमाण रकम ,मेसीन(डोजर)को क्षमता र मेसीनको नम्बर स्पष्ट खुलेको बिल तथा भरपाई।

१४.योजनाको कुल लागत रकम मध्य भ्याट लाग्ने रकमको १.५% का दरले हुन आउने रकम अग्रीम कर कट्टी हुने र बाँकी रकमबाट १०% बहाल कर कट्टी हुने।

१५. डोर हाजीरी फारम ।

आर्थिक वर्ष:

जन प्रतिनिधि